काठमाडौंमा क्युआर कोडबाट ट्राफिक जरिवाना तिर्न सकिने
काठमाडौंः उपत्यकामा अब ट्राफिक जरिवाना क्युआर कोडमार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले कुमारी बैंकसँगको सहकार्यमा यस्तो सुविधाको थालनी गरेको हो।
बिहीबारदेखि सुरु गरिएको यो सेवाको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरूपमा शुभारम्भ गरेका थिए।
सेवा प्रारम्भ भएसँगै अब जरिवाना तिर्न बैंक भौंतारिनुपर्ने वा नगद बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने जोशीले बताए। कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
वैशाख १६, २०७९ शुक्रबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।