आज साँझ ५ बजेसम्ममा मनोनयन फिर्ता लिन सकिने, आजै अन्तिम नामावली प्रकाशन हुने
काठमाडौंः आउँदो स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिने आज अन्तिम दिन रहेको छ। नाम फिर्ता लिन चाहनेहरूले आज साँझ ५ बजेसम्ममा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्नेछ।
यसअघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन र कांग्रेसका बागी उम्मेदवारहरूलाई आज ५ बजेसम्ममा मनोनयन फिर्ता लिन अपिल जारी गरिसकेका छन्। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीका नेता कार्यकर्तालाई बागी उम्मेदवारी नदिन आग्रह गरिसकेका छन्।
उम्मेदवारहरूमाथिको दावी, विरोध र उजुरीको छानबिन गरी आयोगले हिजो प्रारम्भिक नामावली प्रकाशन गरेको थियो।
आज मनोनयन फिर्ता लिने काम सकिइसकेपछि निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशन गर्नेछ। अन्तिम नामावली प्रकाशनपछि भोलि उम्मेदवारहरूलाई चुनाव चिह्न समेत प्रदान गरिनेछ।
वैशाख १६, २०७९ शुक्रबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।