झण्डै ३० अर्बको लगानी र १६० भाषामा रिलिज हुँदै 'अवतार: द वे अफ वाटर'

झण्डै ३० अर्बको लगानी र १६० भाषामा रिलिज हुँदै 'अवतार: द वे अफ वाटर'

एजेन्सीः हलिउडको सर्वाधिक रुचाइएको फिल्ममध्ये एक हो- अवतार। जेम्स क्यामरूनको निर्देशनमा बनेको फिल्मले त्यसबेला सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको थियो।

अब यस फिल्मको दोस्रो भाग पनि बन्ने भएको छ। निर्देशकले यसको प्रदर्शनको मिति नै तोकिदिएका छन्। फिल्म यही वर्ष १६ डिसेम्बरमा रिलिज हुनेछ।

विश्वभर रिलिज गर्नका लागि १६० भाषामा डब पनि गरिने भएको छ। फिल्मको लगानी २५० मिलियन अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ रहेको छ। 

फिल्मलाई पूर्णरूपमा अण्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ। उच्च प्रविधियुक्त भीएफएक्सको प्रयोगले पनि फिल्मको लगानी बढेको हो। निर्देशकले फिल्ममा प्रयोग भएको भीएफएक्सले वास्तविकतासँग अझ नजिक पुर्याउने बताएका छन्।

अब ६ मे को आसपास अवतारको दोस्रो भागको टिजर वा ट्रेलर सार्वजनिक गरिने पनि बताइएको छ।

वैशाख १६, २०७९ शुक्रबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।