बैँकिङ कसुर मुद्दाका फरार वली ललितपुरबाट पक्राउ
काठमाडौँ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख ६५हजार चार सय चौतिस रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विस २०७७ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाया र विगोबमोजिम २३ लाख ६५ हजार ४३५ रुपैयाँ जरिवना तोकेपछि फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका– १ जमुनिया स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बस्ने ३४ दिनेश भक्त ओलीलाई आज सार्वजनिक गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले वलीलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका वलीले आफ्नो प्रभु वैंक लिमिटेड कोटेश्वर शाखा र एसबिआई वैंक लिमिटेड, नयाँबानेश्वर शाखाको पैसा नभएको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए। पक्राउ परेका वलीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए।
वैशाख १५, २०७९ बिहीबार १७:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।