हिन्दी भाषालाई लिएर साउथका सुपरस्टार किच्चा र बलिउडका अजय देवगन ट्विटरमा भिडे
एजेन्सी : साउथ इन्डियन फिल्मका स्टार किच्चा सुदिपले सामाजिक सञ्जालमा जब हिन्दी भाषाबारे टिप्पणी गरे त्यसपछि अहिले भारतीय फिल्म स्टारहरूबिच भाषाको विवाद चर्किएको छ। उनले सामाजिक सञ्जालमा अब हिन्दी राष्ट्रिय भाषा नभएको र बलिउड तमिल तेलगुमा स्थान बनाउन सङ्घर्ष गरिरहेको लेखेका थिए।
उनको टिप्पणीमा प्रतिक्रिया दिँदै अजय देवगनले ट्विट गरिदिएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस सुरु भयो। त्यसैमा मिसिए रामगोपाल बर्मा। अजयले किच्चालाई मेन्सनगर्दै ट्विट गरे' मेरो भाइ यदि हिन्दी हाम्रो राष्ट्रिय भाषा हैन भने आफ्नो मातृ भाषाको फिल्म किन हिन्दीमा डब गरेर रिलिज गर्छौँ? हिन्दी हाम्रो मातृ र राष्ट्रभाषा हो र सधैँ रहनेछ।
बर्माले केजिएफ ले ५० करोडको ओपनिङ गरेको भन्दै उनले नर्थका स्टारहरू साउथका स्टारबाट असुरक्षित महसुस गरेको र आह्रिस गर्ने गरेको टिप्पणी गरे। उनले एक कन्नड डबिङ फिल्म केजिएफ-२ को ओपनिङको दिनमै ५० करोड कमाई गरेको थियो। हामी सबै अब हिन्दी फिल्मको ओपनिङ हेर्ने छौँ भने।
उनले अजय देवगनलाई लक्षित गर्दै' रनवे ३४ को कलेक्सनले को कति पानीमा छ भन्ने देखाउने भनेर लेखेपछि थप विवाद बढ्यो। जुन अझैँ जारी नै छ।
वैशाख १५, २०७९ बिहीबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।