पाल्पामा एमालेका २ महिला सदस्य निर्विरोध
बुटवल : पाल्पाको एक पालिकामा एमालेका दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नं. ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएका हुन्।
दुवै उम्मेदवारको एकल उम्मेदवारी परेकोले उनीहरू निर्विरोध निर्वाचित भएको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले दिइन्। पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
वैशाख १३, २०७९ मंगलबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।