बुटवलमा २३ किलो काँचो सुनसहित २५ किलो सुनचाँदी चोरी
बुटवल : बुटवल स्थित एक सुनचाँदी पसलमा चोरी भएको छ। बुटवल ६ स्थित विपी चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो।
पसलबाट २ किलो सुनका गहना सहित २३ केजी काँचो सुन चोरी भएको बताइएको छ। त्यस्तै नगद ५ लाख चोरी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए। पसलका सञ्चालक डिलबहादुर सुनारका अनुसार घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको बताए।
चोरी गर्ने व्यक्ति सिसिटिभी फुटेजमा स्पष्ट रूपमा देखिएकाले चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गरिने उनले बताए।
वैशाख १३, २०७९ मंगलबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।