सिर्जनालाई आरजुको चुनावी टिप्स : सभामा नअलमलिनु, त्यही गर्दा म हारे
काठमाडौँ : नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेकी सिर्जना सिंहसँग प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणाले भेटेर गत संसदीय निर्वाचनको अनुभव सुनाइन्।
सिंह निवास चाक्सीवारिमा आयोजित कार्यक्रममा उनले सिंहलाई आफ्नो चुनावी अनुभव सुनाउँदै भनिनन्' यस्ता सभाहरूमा नअलमलिनु। म सभामा अल्मलिदा हारेँ।'
उनले सभाहरूमा अलमलिनुभन्दा घर-घर गएर मतदाता भेट्न सिंहलाई सुझाव दिइन्। उनले कसैको श्रीमती अनि महिला भनेर महिला उम्मेदवारलाई नहेप्न विपक्षीलाई चेतावनी समेत दिइन्।
चाक्सीवारिमा आयोजित कार्यक्रममा उनले भनिन्' साथीहरूले घेरेर राखे। सभाहरूमा गएँ। तर भोटरहरूको घर-घर गइन्। त्यसैले मैले चुनाव हारे। काठमाडौँमा घर- घर पुगेर मतदाता भेट्नु। यस्ता सभाहरूमा नअलमलिनु।'
वैशाख १३, २०७९ मंगलबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।