संसारकै वृद्ध व्यक्तिको ११९ वर्षको उमेरमा निधन
एजेन्सी : संसारकै वृद्ध व्यक्तिको ११९ वर्षको उमेरमा निधन भएको छ। संसारकै वृद्ध व्यक्तिको रूपमा गिनिज बुकमा रेकर्ड राखेकी जापानी महिला केन तानाकाको निधन भएको हो।
दक्षिण पश्चिमी फुकुओका सहरस्थित एक अस्पतालमा यही अप्रिल १९ तारिखमा तानाकाको ११९ वर्षको उमेरमा निधन भएको जापानी संचारमाध्यामले जनाएका छन्।
तानाकाको जन्म सन् १९०३ जनवरी २ मा भएको थियो। जापानको फुकुओका राज्यमा जन्मिएकी तानाकाको सन् २०१९ मा संसारकै जीवित वृद्धको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरिएको थियो।
स्वास्थ्यमा कुनै पनि समस्या नदेखिए पनि उनलाई लामो समयदेखि नर्सिङ होममा राखिएको थियो। सोमबार उनको अचानक मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्। जापानमा औसत उमेर ६५ भन्दा बढी बाँच्ने मानिसहरूको संख्या २८ प्रतिशतभन्दा माथि रहेको छ। १ सय वर्ष उमेरमाथिका बृद्धहरुको संख्या देशभर ८६ हजार ५ सय १० रहेको गत सेप्टेम्बर महिनाको सरकारी तथ्यांकले देखाएको छ।
वैशाख १३, २०७९ मंगलबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।