भोजपुरी प्रतिष्ठानको आयोजनामा १५ दिने अभिनय कार्यशाला सुरु
वीरगन्ज : भोजपुरी प्रतिष्ठान, वीरगन्जको आयोजनामा १५ दिने अभिनय कार्यशाला सोमवारदेखि सुरु भएको छ। महिला र पुरुष गरी १५ जना प्रशिक्षार्थी सहभागी रहेको कार्यशाला उद्घाटन कार्यक्रमबिच शुभारम्भ गरियो।
प्रतिष्ठानका कार्यकारीणी सभा सदस्य तथा अभिनय कार्यशालाका संयोजक कामेश्वर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रम प्रशिक्षक सरिता साहले यस आयोजनले वीरगन्ज अभिनयको क्षेत्रमा पनि विकास गर्ने आशा व्यक्त गरिन्।
नेपालको नाम चलेका रङ्गकर्मी रहेकी साह लघु फिल्म निर्माणमा पनि सानो समयमा राम्रो परिचय बनाउन सकेकी छिन्। उनले प्रशिक्षार्थीहरूलाई यस मौकाको सदुपयोगका निम्ति तत्परता राख्न सुझाइन। अर्का प्रशिक्षक रङ्गकर्मी अनिल कुर्मीले अभिनय सिक्नेभन्दा आफूभित्र जागृत गराउने विषय रहेको बताए।
उनले अनुभवको आदानप्रदान, प्रयोगात्मक अभ्यासजस्ता माध्यमहरू अपनाइने बताए। कार्यक्रमका अतिथि फिल्म निर्माता बुद्धिप्रसाद पन्त (हरि)ले आफूले विगतमा वीरगन्जमा बसेर नेपाली चलचित्र निर्माण गर्दा मुख्य कलाकार, साना पात्र, प्राबिधि, स्टुडियो लगायत सबै चिजको लागि काठमाडौँमाथि निर्भर हुनु परेको अनुभव सुनाए।
वीरगन्ज मेनरोड नेपाली सेनाको ब्यारेक नजिक रहेको ‘क्लासिक बैंकेट’मा आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका कार्यकारी सभा सदस्य अजमत अलिले आफूहरूले प्रतिभारुलाई उजागर गर्न खोजेको बताए।
भारतबाट आएका भोजपुरी अभियानकर्मी नीरज मिश्राले शुभकामना दिए। कार्यक्रममा प्रतिष्ठानका कार्यकारी सभा सदस्यहरू अनिता साह, रितेश त्रिपाठी, रितुराज, अशोक कुशवाहा लगायतको सक्रियता रहेको थियो। यसअघि प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्विवेदीले बाहिरबाट आएका प्रशिक्षकहरूलाई प्रतिष्ठानको कार्यालयमा स्वागत गर्दै कार्यक्रम सफलताका लागि शुभकामना दिएका थिए।
वैशाख १३, २०७९ मंगलबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।