डेरामा गोली र नक्कली सुन राखेर भागेका २ जना पक्राउ
काठमाडौँ : डेरामा चार वटा गोली अनि नक्कली सुन राखेर फरार भएका २ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले प्रमीला तामाङ र विशाल गुरुङलाई पक्राउ गरेको हो।
कोटेश्वर नरेफाँटमा रहेको सुनमाया श्रेष्ठको घरमा उनीहरू डेरामा बस्ने गरेका थिए। श्रेष्ठले डेरा कोठा खाली गर्न काठमाडौँ महानगरपालीकाको प्रतिनिधि संलग्न टिम र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोठामा जाँच गर्दा पेस्तोलमा प्रयोग हुने नौ एमएमको चारवटा गोली, नक्कली सुनको बिस्कुट, नेपाली सेनाको जर्सी, विभिन्न व्यक्तिका राहदानीहरू फेला पारेको थियो।
वैशाख १३, २०७९ मंगलबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।