दाई गृहमन्त्री, भाइलाई दोहोर्‍याएर तिलोत्तमा नगरपालिकाको टिकट

दाई गृहमन्त्री, भाइलाई दोहोर्‍याएर तिलोत्तमा नगरपालिकाको टिकट

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणको सहोदर भाइ रामकृष्ण खाँण सत्ता गठबन्धनबाट तिलोत्तमा नगरपालिकाको उम्मेदवार बनेका छन्। पार्टी प्रदेश कमिटीको बैठकले खाँणलाई नगरप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो। खाँण नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति समेत हुन्।

२०७४ सालको निर्वाचनमा पनि उनी नगरप्रमुखमा उम्मेदवार थिए। अघिल्लो निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका खाँणलाई यस पटक पनि नगरप्रमुखमा उम्मेदवार दोहोर्याएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ।

अघिल्लो निर्वाचनमा खाँणको नाम सिफारिस हुँदा परिवारवाद र नातावाद पार्टीमा लागेको भन्दै कांग्रेसका केही नेताले राजीनामा गरेका थिए। अघिल्लो निर्वाचनमा तिलोत्तमामा एमालेका वासुदेव घिमिरेले २१ हजार ८६८ मत प्राप्त गर्दा खाँणले १९ हजार ९४ मत प्राप्त गरेका थिए।

यता देवदह नगरपालिकामा नेपाली कांग्रेसले हालका मेयर हिरा केसीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ।  शर्मा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार थिए। उनी एमालेका चित्र बहादुर कार्कीसंग पराजित भएका थिए।

एमालेका चित्रबहादुर कार्कीले १३ हजार ७३ मत ल्याएर नगरप्रमुखमा विजयी हुँदा शर्माले १० हजार ३०५ मत पाएका थिए।

वैशाख १२, २०७९ सोमबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।