सैनमैना नगरपालिकामा गठबन्धन भत्कियो, कांग्रेस र एसको अलग-अलग उम्मेदवारी

सैनमैना नगरपालिकामा गठबन्धन भत्कियो, कांग्रेस र एसको अलग-अलग उम्मेदवारी

बुटवल : रुपन्देहीको सैन मैना नगरपालिकामा सरकारमा रहेका पाँच दलको गठबन्धन टुटेको छ। मिलेर निर्वाचनमा सहभागी हुने सहमति भए पनि सोमबार गठबन्धनका दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको हो।

नेपाली कांग्रेस, एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीबाट नगरप्रमुखमा देवराज पौडेल र उपप्रमुखमा जसपाका टोपराज पाण्डेले उम्मेदवारी दिएका छन्। काग्रेंसबाट फणीन्द्र शर्मा नगरप्रमुखमा उम्मेदवारी दिएका छन्।

यता एमालेबाट नगरप्रमुखमा चित्र बहादुर कार्की र उपप्रमुखमा विना रानाले उम्मेदवार दिएका छन्।

वैशाख १२, २०७९ सोमबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।