सिर्जनाको मनोनयन दर्ता गराउन प्रकाशमान पनि, टाढैबाट श्रीमतीलाई गरे 'ब्याक सपोर्ट'

काठमाडौंः पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार हुन्- सिर्जना सिंह। कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले केही बेरअघि निर्वाचन अधिकृतको कार्यालय गई मनोनयन दर्ता समेत गराइसकेकी छिन्।
उनको मनोनयन गराउन दलबलसहित प्रकाशमान पनि निर्वाचन कार्यालय पुगेका थिए।
पार्टीगत राजनीतिमा संलग्न भए पनि यसअघि प्रत्यक्ष राजनीतिमा सहभागी नभएकी सिर्जना नेपाल महिला संघ हुँदै राजनीतिमा होमिएकी हुन्।
निर्वाचन कार्यालयमा प्रकाशमान कहिले उनको नजिक जान्थे भने कहिले टाढाबाटै इसारा गरिरहेका थिए। श्रीमतीलाई भरपूर ब्याक सपोर्ट गरिरहेका थिए उनी।
वैशाख १२, २०७९ सोमबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।