बागलुङमा कांग्रेसले मेयर-उपमेयर छान्यो

बागलुङमा कांग्रेसले मेयर-उपमेयर छान्यो

बागलुङ : नेपाली कांग्रेसले गठबन्धनको सहमति अनुसार बागलुङमा आफ्नो भागमा पाएको १० जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। गठबन्धनका पाँच दलबिच भएको सहमति अनुसार कांग्रेसले बागलुङमा ६ पालिकामा प्रमुख र ४ पालिका उपप्रमुख पाएको थियो।

उसले बागलुङ नगरपालिकाको मेयरमा वसन्तकुमार श्रेष्ठ, गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे, काठेखोला गाउँपालिका अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिका अध्यक्षमा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिका अध्यक्षमा जोकलाल बुढा र निसिखोला गाउँपालिका अध्यक्षमा सूर्यबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ।

जैमिनी नगरपालिकामा हरिहर शर्मा, ढोरपाटन नगरपालिकामा धनबहादुर कायत कल्याण, ताराखोला गाउँपालिकामा भीमबहादुर रोका र बरेङ गाउँपालिकामा दिलिप पुनलाई उपमेयर र उपाध्यक्षको उम्मेदवार बनाएको छ।

 

वैशाख १२, २०७९ सोमबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।