उम्मेदवार छनोटमा एमाले सैनामैनामा तीव्र असन्तुष्टि, प्रदेश सदस्यसहितका नेताले छाडे पार्टी
बुटवल : एमालेको तर्फबाट रुपन्देही सैनामैनामा उम्मेदवार छनोटका विषयमा असन्तुष्टि देखिएको छ। पुरानै व्यक्तिलाई नगरको मेयर र उपमेयरको टिकट दिने निर्णयको विरोध गर्दै लुम्बिनी प्रदेश कमिटी सदस्य खुशीराम चौधरीसहितका नेताहरूले पार्टीबाट राजीनामा दिएका छन्।
मेयर पदका आकांक्षी रहेका चौधरीसहित प्रदेश कमिटी सदस्यहरू नरबहादुर घर्ती मगर, शालिकराम भण्डारी तथा जिल्ला कमिटी सदस्यहरू हेमन्त थापा, शिवलाल बस्याल लगायतका नेता कार्यकताहरुले एमाले परित्याग गरेको चौधरीले जानकारी दिए।
उनीहरूले पार्टीका नगर अध्यक्ष चेतनारायण न्यौपानेलाई संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन्।
वैशाख ११, २०७९ आइतबार २२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।