बुटवलको शिव नगर सामुदायिक जंगलमा दम्पती मृत फेला

बुटवलको शिव नगर सामुदायिक जंगलमा  दम्पती मृत फेला

बुटवल : बुटवलको शिव नगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन्। मृतक दम्पती बुटवल उपमहानगरपालिका–११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। 

उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका तर घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको केसीले बताए। शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकोले घटनाबारे थप अनुसन्धान सुरु गरिएको डिएसपी केसीले बताए। 

मृतकका छोराहरू वैदेशिक रोजगारीमा रहेको र मृतक दम्पती घरमा छोरी तथा बुहारीसँग बस्दै आएको प्रहरीले जनाएको छ।
 

वैशाख ११, २०७९ आइतबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।