वीरेन्द्रनगरकी उप–प्रमुख ढकालसहित ३३ जनाले दिए राजीनामा
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाले पदबाट राजीनामा दिएकी छन्। एमालेले वीरेन्द्रनगर नगरपालिको मेयरमा उम्मेदवार बनाएपछि आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गदै ढकालले वीरेन्द्रनगरको उपमेयरको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।
यस्तै, उप–प्रमुख ढकालसँगै विभिन्न वडाका वडाअध्यक्ष र सदस्यहरुगरी ३३ जना जनप्रतिनिधिले जिन्सी सामग्री नगरपालिकालाई हस्तान्तरण गरेर राजीनामा दिएका छन्। राजीनामा दिँदै ढकालले पाँच वर्षको अवधिमा नगरपालिकाको विकासका लागि साझा मुद्दामा एक भएको बताइन्।
ढकालले सबैको साथ र समर्थनले काम गर्नमा सहज, सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध रहेर काम गर्न सफल भएको र नगरबासीलाई समृद्धिको यात्रामा लैजान नगरपालिकाका कर्मचारी लगायतको साथ र समर्थन भरपुर रहेको समेत उल्लेख गरिन्।
वैशाख ११, २०७९ आइतबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।