ललितपुरमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन, एसले पाएन भाग

ललितपुरमा  कांग्रेस र माओवादीको मात्रै गठबन्धन, एसले पाएन भाग

काठमाडौँ : ललितपुर जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच मात्रै गठबन्धन भएको छ। सहमति पत्रमा कांग्रेस प्रदेश अध्यक्ष र माओवादीको प्रदेश अध्यक्षको मात्रै हस्ताक्षर छ।

ललितपुरको २ नगरपालिकामध्ये नेपाली कांग्रेसले गोदावरी पाएको छ। माओवादीले महालक्ष्मी नगरपालिकाको नेतृत्व पाएको छ।

तीन गाउँपालिकामध्ये कोन्ज्योसोम गाउँपालिका माओवादीले पाएको छ भने बागमती र महाँकाल नेपाली कांग्रेसले पाएको छ। सहमति अनुसार कांग्रेसले प्रमुख पाएको स्थानमा माओवादीको उपप्रमुख अनि माओवादीको प्रमुख पाएकोमा कांग्रेसको उपप्रमुखको उम्मेदवार बन्ने उल्लेख छ।

वैशाख ११, २०७९ आइतबार १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।