प्युठानका ८ र पाल्पाका १० पालिकामा एमालेले टुंग्यायो उम्मेदवार
बुटवल : एमाले प्युठान जिल्लाका ९ मध्ये आठ वटा स्थानीय तहका र पाल्पाका सवै स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। प्युठान नगरपालिकाको प्रमुखमा विजयविराज बिस्ट र उपप्रमुखमा पवित्रा जिसीलाई उम्मेदवार बनाउने भएको छ।
स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ प्रमुख र गौरी वरापातिलाई उपप्रमुख, सरुमारानी गाउँपालिकाको, अध्यक्षमा झगबहादुर बिश्वकर्मा र उपाध्यक्षमा बसन्ता खड्का, माण्डवी गाउँपालिका अध्यक्षमा श्रीधर रोका र उपाध्यक्षमा सम्झना घर्ति उम्मेदवार बनेका छन्।
यस्तै मालारानी गाउँपालिका अध्यक्षमा सुनिल शाही र उपाध्यक्षमा इश्वरा आचार्य, नौबहिनी गाउँपालिका अध्यक्षमा डिलबहादुर थापा र उपाध्यक्षमा बिष्णु थापा केसी, गौमुखि गाउँपालिका, अध्यक्षमा जुमानसिंह जिसी र उपाध्यक्षमा ज्ञानुमाया केसी, ऐरावती गाउँपालिकामा अध्यक्षमा श्यामबहादुर थापा र उपाध्यक्षमा कमलाकुमारी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। झिमरुक गाउँपालिका अध्यक्ष अझै टुंग्याउन बाँकी छ। उपाध्यक्षमा भने विष्णु घर्ती उम्मेदवार बनाउने निर्णय गरेको छ।
यता पाल्पाका १० वटै पालिकामा एमालेले उम्मेदवार टुंगो लगाएको छ। तानसेन नगरपालिकामा धनेन्द्रराज घिमिरे नगरप्रमुखमा, शशी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जिल्लाको अर्को नगरपालिका रामपुर नगरपालिकामा नगरप्रमुखमा शिव अर्याल र उपप्रमुखमा दुर्गा राना उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।
यस्तै निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, उपाध्यक्ष तीरण श्रेष्ठ, पूर्वखोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्षमा भागीरथी भट्टराई, रम्भा गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी, उपाध्यक्षमा राधादेवी श्रेष्ठ, बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती दर्लामी चिदी, उपाध्यक्षमा हरि पाठक, तिनाउ गाउँपालिका अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्ष सावित्रा राना, माथागढी गाउँपालिका अध्यक्षमा यम चिदी, उपाध्यक्षमा विष्णु लुङ्चे, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जीसी, उपाध्यक्षमा लक्ष्मी खनाल र रैनादेवी छहरा गाउँपालिका अध्यक्षमा रामबहादुर राउत, उपाध्यक्षमा गीता भट्टराई घिमिरेलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।
वैशाख ११, २०७९ आइतबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।