काभ्रेको १३ स्थानीय तहबारे गठबन्धनका तीन दलबिच सहमति, कांग्रेसलाई ६, बाँकी अन्यलाई

काभ्रेको १३ स्थानीय तहबारे गठबन्धनका तीन दलबिच सहमति, कांग्रेसलाई ६, बाँकी अन्यलाई

काठमाडौँ : काभ्रेको १३ स्थानीय तहको प्रमुखबारे सत्ताधारी गठबन्धन दलबिच आइतबार सहमति भएको छ। सहमति अनुसार नेपाली कांग्रेसले ६ तहको प्रमुख पाएको छ। बाँकी माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएका छन्।

तीन दलका सभापतिबिच भएको सहमति अनुसार कांग्रेसले बनेपा, पनौती, पाँचखाल नगरपालिका, तेमाल, बेथानचोक र रोशी गाउँपालिकाको प्रमुख पाएको छ।

माओवादीले  मण्डन देउपुर नगरपालिका, खानीखोला, चौरी देउराली, भुम्लु र महाभारत गाउँपालिकाको प्रमुख पाएको छ। एकीकृत समाजवादीले धुलिखेल नगरपालिकाको नेतृत्व पाएको छ। एकीकृत समाजवादीले बनेपा र पनौती नगरपालिकाको उपमेयर पाएको छ। अन्य स्थानीय तहमा कांग्रेसको मेयर भएकोमा माओवादी केन्द्रको उपमेयर र माओवादीको मेयर भएकोमा कांग्रेसको उपमेयर राखेर सहमति गरेका छन्।

वैशाख ११, २०७९ आइतबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।