बुटवलमा तोडियो गठबन्धन, जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता
बुटवल : बुटवल उपमहानगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धन दलकै एक घटक जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको छ।
आज बुटवल उपमहानगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी जसपाका लागि मेयर पदमा सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
जसपा नगर इन्चार्ज सुरज हिताङले गठबन्धनभित्र आफूहरूको सम्मानजनक उपस्थिति नभएको भन्दै लुम्बिनी प्रदेशभरी नै एकल रुपमा निर्वाचनमा जाने तयारी गरेको बताए। बुटवलका वडा तहमा भोली उम्मेदवारी दर्ता गर्ने उनको भनाइ छ।
वैशाख ११, २०७९ आइतबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।