बुटवल दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सिंगलतर्फको उपाधी प्रिन्स र आर्मीकी रसिलालाई
बुटवल : बुटवल व्याटमिन्टन क्लबद्वारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधि बीरगंज एग्रोका प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिला महर्जनले जितेका छन।
प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २ एकको सेटले पछाडी पादैं उपाधि रक्षा गरेका हुन। त्यस्तै रसिलाले सशष्त्र प्रहरीकी जेसिका गुरुङलाई उपविजेतामा रोक्दै महिलाको उपाधि चुमेकी हुन। आज भएको भेट्रान्स ४५ वर्षमाथि समूहबाट कास्कीका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले सोझो सेटमा उपाधि जितेको हो।
आरसी काठमाडौँ डाउनटाउनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई कास्कीका नरबहादुर शम्भुकुमारले हराउदै उपाधि चुमेका हुन। यस्तै भेट्रान्स ५५ वर्षमाथिकोमा कैलालीका शुरेश बम र विष्णुलाल श्रेष्ठको जोडीले २ एकको सेटमा उपाधि रक्षा गरेको हो। शुरेश र विष्णुलालले चितवनका बुद्धि चौधरी र मनोजकुमार श्रेष्ठको जोडीलाई हराएको हो ।
यस्तै मेन्स डबलतर्फको उपाधि आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीले चुमेको छ। उनिहरुले एपएिफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई उपविजेतामा रोक्दै उपाधि रक्षा गरेका हुन्।
प्रतियोगितामा विजेता उपविजेताहरुलाई नेपाल व्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजी बहादुर श्रेष्ठ र बुटवल व्याटमिन्टन क्लबका अध्यक्ष गोपाल टण्डनले पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको कार्यक्रम संयोजक शम्भु भट्टराईले बताए। ४ दिन सम्म संचालित प्रतियोगितामा विभागीय टिम सहित राष्ट्रिय स्तरका ९२ टिमको सहभागिता रहेको क्लबका सचिव भरत रानाले बताए।
वैशाख १०, २०७९ शनिबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।