लुम्बिनी नगरपालिका प्रमुख चौधरी लोसपामा प्रवेश
बुटवल : रुपन्देही स्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन्। अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट मेयरमा विजयी भएका चौधरी यस अघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए।
चौधरीलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गराएका हुन्। यता नगरपालिकाकी उपप्रमुख जानकी देवी श्रीवास्तले उपप्रमुख बाट राजीनामा दिएकी छिन्।
जसपाबाट उपप्रमुख बनेकी श्रीवास्तव लोसपाबाट लुम्बिनी सांस्कृतिक नगरपालिका बाट पुनः उपप्रमुखमा उम्मेदवारी दिन भन्दै राजीनामा दिएको बताइन्।
वैशाख १०, २०७९ शनिबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।