नमस्ते एकेडेमीमा 'ओपन हाउस' कार्यक्रम हुँदै

बुटवल : द ब्रिटिस कलेज काठमाडौँ र 'द ब्रिटिस एजुकेसन ग्रुप युके'को पूर्ण व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले ओपन हाउस कार्यक्रम गर्दै छ।
विद्यालयले प्रदान गर्दै आएको कक्षा पिजीदेखि कक्षा ११ सम्मको अन्तर्राष्ट्रिय शैक्षिक सेवा एवं सुविधालाई अभिभावक तथा शुभेच्छुकलाई विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले ओपन हाउस कार्यक्रम आयोजना गरिएको हो। यही वैशाख १० गते आयोजना गरिएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, युवा एवम् खेलकूदमन्त्री बसिउद्दिन खानको प्रमुख आतिथ्यतामा दिउँसो १ देखि ४ बजेसम्म कार्यक्रम हुनेछ।
परम्परागत शिक्षण सिकाइभन्दा फरक र विद्यालय पहिलो घर भन्ने अवधारणलाई आत्मसात् गरी ब्रिटिस शिक्षा पद्धतिलाई आधार मानेर विद्यार्थीको सर्वाङ्गीण विकास गरी गतिशील विश्व भूमण्डलीकरण र आधुनिक विश्व परिवेश सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित स्थापनाकालदेखि निरन्तर विदेशी शिक्षक एवं परामर्शदाताको निर्देशनमा सञ्चालित शैक्षिक कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
बेलायतमा अभ्यास गरिने शिक्षण सम्बन्धी उच्चस्तरीय सीप र प्रविधिलाई नेपाली परिवेशमा प्रयोग गरेर ‘ग्लोबल टु लोकल अवधारणा अनुरूप विद्यार्थीको चौतर्फी विकासमा अग्रसर रहेको छ। त्यस्तै एक्स्ट्रा (अतिरिक्त) करिकुलम एक्टिभिटिज लाई वर्षभरि अध्यापन गरिने पाठ्यवस्तुमै समावेश गर्ने नीतिअनुरूप अगाडी बढेको छ। योगा, स्विमिङ, फुटसल, कराँते, फुटबल, क्रिकेट, गीत–सङ्गीत, वाद्यवादन, कला–साहित्य, नाट्य एवम् विभिन्न क्लव एक्टिभिटीका माध्यमबाट विद्यार्थीको मानसिक एवम् आध्यात्मिक विकासमा विशेष जोड दिइएको छ।
अंग्रेजी भाषामा विद्यार्थीलाई दक्ष बनाउनको लागि विदेशी शिक्षकबाट विशेष अंग्रेजी कोर्स एवं नाटक तथा नृत्य प्रशिक्षणको व्यवस्था गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणमा सहज किसिमले आफ्नो पहुच बनाउन भनेर ११ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीलाई यसै वर्षदेखि 'किडस एमबिए' कार्यक्रम सञ्चालनमा ल्याइएको छ। उक्त कार्यक्रममा आमन्त्रित अभिभावक तथा शुभेच्छुकहरूले विद्यालयको समग्र शैक्षिक गतिविधिको अवलोकन गर्न सक्नेछन्।
वैशाख ९, २०७९ शुक्रबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।