अभिनेत्री केकीकै शैलीमा विवाह गरिन् वर्षाले
काठमाडौँ : अभिनेत्री वर्षा सिवाकोटीले पनि केकी अधिकारीकै शैलीमा गुपचुप विवाह गरेकी छिन्। बिहीबार केकीले सीमित आफन्तलाई मात्र बोलाएर विवाह गरेकी थिइन्। उनी शैलीमा वर्षाले शुक्रवार विवाह गरिन्।
शुक्रवार राजधानीको नागार्जुनमा रहेको रेसु भिल्लामा उनको वैवाहिक समारोह भएको थियो। उनले इन्जिनियर आशिष गेलालसँग बिहे गरेकी हुन्।
उनी अमेरिकामा कार्यरत छन्। उनको विवाहको कुरा चलेपछि केटाबारे बुझ्न उनी अमेरिका गएकी थिइन्। करिब एक महिना अमेरिका बसेर उनी नेपाल फर्किएपछि विवाहको टुङ्गो लागेको हो। वर्षाको बिहे कार्यक्रममा दुई पक्षका पारिवारिक सदस्य र केही नजिकमा आफन्त मात्रै उपस्थित थिए।
वैशाख ९, २०७९ शुक्रबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।