बुटवल र तुलसीपुर उपमहानगरमा एकीकृत समाजवादीद्वारा उपमेयरमा दुई जनाको नाम सिफारिस
बुटवल । लुम्बिनी प्रदेशका २ उपमहानगरपालिकामा एकीकृत समाजवादीले उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको छ। बुटवल उपमहानगरपालिकामा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिका दाङमा जोगबहादुर रानालाई उम्मेदवार सिफारिस गरेको हो।
बुटवलका गुरुङ बुटवल नगर अध्यक्ष हुन भने तुलसीपुरका राना जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य हुन। बुटवलका चीन बहादुर गुरुङ वडा नं. ३ का वडा सदस्यमा समेत निर्वाचित भएका जनप्रतिनिधि हुन। पार्टी विभाजन पछि उनी समाजवादीतर्फ लागेका थिए।
तुलसीपुरमा उपमेयर सिफारिस भएका राना पनि जिल्लामा सचिव र उपाध्यक्ष भएका व्यक्ति हुन। पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले सम्बन्धित पालिकाबाट सर्वसहमत नाम आएपछि केन्द्रले संघमा नाम पठाएको बताए।
दुई पालिकामा उपप्रमुख सिफारिस गरेको समाजवादीले महिलाको नाम भने सिफारिस गरेन।
वैशाख ९, २०७९ शुक्रबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।