पोखराको उपमेयरमा कांग्रेसबाट १० जना सिफारिस
पोखरा : स्थानीय तहको निर्वाचनका लागि पोखराको उपमेयरका लागि नेपाली काँग्रेस गण्डकीले १० जनाको नाम सिफारिस गरेको छ। प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका दश जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको हो।
उपमेयरमा सिफारिस हुनेमा माया बराल क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी रहेका छन्।
उपमेयरमा आकांक्षीहरुको नाम काँग्रेस पोखरा महानगर समितिले पठाएपछि प्रदेशले जस्ताको-तस्तै केन्द्रमा पठाएको पाटीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए।
त्यसै गरी महानगरले काँग्रेसको तर्फबाट मेयरका लागि १८ जना आकांक्षीको नाम सिफारिस गरेको थियो। तर, गठबन्धन दल भित्रको समाजवादीलाई पोखराको मेयर पद दिने सहमति भएपछि उपमेयरका लागि काङ्ग्रेसले आकांक्षीको नाम केन्द्रमा पठाएको हो।
वैशाख ८, २०७९ बिहीबार २१:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।