अबको निर्वाचनमा राप्रपा नयाँ शक्तिको रूपमा उदाउँछ : अध्यक्ष लिङ्देन
बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयताले मुलुक असफलतातर्फ गएको बताएका छन्। बुटवलमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मूलक असफल तर्फ उन्मुख भएको भन्दै देशमा आर्थिक संकट आउन सक्ने बताएका छन्।
उनले कुनै पनि बेला नेपालमा श्रीलङ्ककामा जस्तो आर्थिक संकट आउन सक्ने खतरा बढेको भन्दै मुलुक वैदेशिक ऋणमा डुब्दै गएको बताए। उनले भत्ता खाने गरी देश चलाएका कारण मुलुक ठूलो आर्थिक संकटमा परेको बताए।
ठूला राजनीतिक दलहरू एमाले, काँग्रेस तथा माओवादीका कारण मुलुक अहिलेको निराशाजनक अवस्थामा आएको भन्दै सबैतिर निराशा पैदा भएको भएकाले अबको निर्वाचनमा राप्रपा नयाँ शक्तिका रूपमा उदाउने बताए।
वैशाख ८, २०७९ बिहीबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।