ग्यास प्लान्टको छतसम्म पुग्यो कामदारको अङ्गको टुक्रा

ग्यास प्लान्टको छतसम्म पुग्यो कामदारको अङ्गको टुक्रा

ललितपुर : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टलाई आफ्नो सुरक्षा घेरामा लिएको छ। १० जना कामदारले काम गरिरहेको बेला भएको विस्फोटमा परेर एक जनाको ज्यान गयो भने सात जना गम्भीर घाइते भएका थिए।

घाइतेहरूको शरीरका टुक्रा प्लान्ट वरपर छरिएर छतमा समेत पुगेको फेला परेपछि प्रहरीले अङ्गका टुक्राहरू सङ्कलन गरेको थियो। ६ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। एक जनाको विएन्डवीमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर छ।

घटनास्थलको अवलोकन गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरीहरू पुगेका छन्। विस्फोटको प्रभावले उद्ध्योगको छाना पुरै उडेको छ भने वरपरका घरका सिसाहरू समेत फुटेका छन्।

वैशाख ८, २०७९ बिहीबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।