बिहीबार १० पुस, २०८२
सुनको मूल्य प्रतितोला एक लाख नौ सय
काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौ सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक सय थियो।
आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार तीन सय ८० कायम भएको महासङ्घले जनाएको छ।
वैशाख ८, २०७९ बिहीबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।