मेयरमा सिफारिस नभएपछि कांग्रेसका पूर्वक्षेत्रीय सभापति यादवले छाडे पार्टी

मेयरमा सिफारिस नभएपछि कांग्रेसका पूर्वक्षेत्रीय सभापति यादवले छाडे पार्टी

बुटवल : नेपाली कांग्रेस रुपन्देहीका पूर्वक्षेत्रीय सभापति मात्रिका यादवले पार्टीबाट राजीनामा दिएका छन्। सिद्धार्थनगरको नगरप्रमुखमा आकांक्षी रहेका यादवले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। पार्टीको साधारण सदस्य समेत नरहने गरी जिल्ला पार्टी कार्यालयमा राजीनामा दिएको उनले बताए। 

कांग्रेसले सिद्धार्थनगरको नगरप्रमुखमा ईस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनी असन्तुष्ट थिए। यसअघि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएर उनी पराजित भएका थिए।

वैशाख ७, २०७९ बुधबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।