सवारीको ठक्करबाट घाइते भएपछि घिस्रदै मध्यरातमा गुहार माग्न पुगेका विजयको मृत्यु

सवारीको ठक्करबाट घाइते भएपछि घिस्रदै मध्यरातमा गुहार माग्न पुगेका विजयको मृत्यु

सिन्धुली: कमलामाई नगरपालिका- २ निमुवाटारमा सवारी साधनको ठक्करबाट घाइते भएका पैदलयात्रीको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय विजय मोक्तान रहेका छन्।

सवारी साधनले ठक्कर दिए पश्चात घाइते भएका उनी घिस्रदै, घटनास्थलबाट अन्दाजी १०० मिटर पर रहेको मोहनकुमार अधिकारीको घरमा राति १२ बजे पुगी घटनाबारे जानकारी दिएका थिए। उनलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पुर्याउनासाथ आज बिहान साढे ३ बजे, चिकित्सकले मृत घोषणा गरेका हुन्।

एकान्त जंगलमा नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीले जनाएको छ।

वैशाख ७, २०७९ बुधबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।