अभिनेत्री प्रियङ्काको यो कस्तो भेदभाव
काठमाडौँ : लामो प्रतीक्षापछि फिल्म रिलिज गर्न हल पाए 'हेल्लो जिन्दगी' का निर्देशन एभरेस्ट सूर्य बोहोराले। हल त पाए तर फिल्म प्रमोसनमा आफ्नै कलाकारको साथ पाएनन्।
हिजो फिल्ममा अभिनय गरे बापत मोटो रकम पारिश्रमिक लिएका कलाकारले प्रमोसनमै नआएपछि सार्वजनिक मञ्चमै दुख मनाउ गरेका थिए उनले। उनले प्रमोसनमा नआएको भनेर चित्त दुखाएको कलाकारमध्ये प्रियङ्का कार्की पनि थिइन्। सन्तान सानो भएकाले आफू आउन नपाएको भनेको बताएका थिए उनले।
फिल्म रिलिज त भयो तर प्रचार खर्च पनि मुस्किलले उठ्यो होला। भनिन्छ कलाकारका लागि आफूले अभिनय गरेको फिल्म आफ्नै सन्तान जस्तै हो। त्यसो हो भने त सबै फिल्मको माया लाग्नु पर्ने हो। तर अभिनेत्री प्रियङ्काले आफ्नै सन्तानमा पनि विभेद गरिन्।
अहिले पनि अभिनेत्री प्रियङ्काको छोरी सानै छिन्। तर उनी अहिले भने फिल्म प्रमोसनमा व्यस्त छिन्। फिल्म लक्का जवानको प्रमोसनका लागि उनी अक्कल विना नक्कल गरिएको कमेडी शोदेखि लिएर प्रेस मिटसम्ममा सिटको अघिल्लो रोहमा देखिन थालेकी छिन्।
कमेडी क्वल विथ च्याम्पियन्समा फिल्म प्रमोसनका लागि ममी फिगरसहित पुगेकी उनी लक्का जवान टिमले आयोजना गरेको प्रमोसन प्रेस मिटमा पनि देखिइन्। उनी फिल्म निर्देशक शिवहरि पौडेल र पल शाह कारागार चलान भएकाले निकै चिन्तित भएका कलाकार किरण केसीसँगै देखिएकी थिइन्।
फिल्म वैशाख २३ मा रिलिज हुने पक्का भएको छ। त्यसैले निर्माण टोली अहिले प्रचारमा खुबै जोड दिइरहेको छ। मेगा स्टार अनि अपकमिङ स्टार दाबी गरिएका अनमोल केसी र सुहाना थापा अभिनीत ए मेरो हजुर-४ को व्यापार हेरेर पनि फिल्म निर्माण टिमले प्रचारको गति बढाएको हुनसक्छ।
पुरै लगानी उठाएको दाबी गरिए पनि ए मेरो हजुर-४ बाट झरना थापाको खाताको आकार बढ्ने नभई घट्ने पक्का छ। हास्य विधामा बनेको फिल्म 'लक्का जवान'मा मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ। प्रेस मिटमा प्रियङ्काले फिल्मलाई साथ दिन आग्रह गरिन्।
फिल्म गतिलो भए त दर्शकले पक्कै साथ देलान् तर प्रियङ्काको यस्तो भेदभावे पाराले उनलाई भोलीका दिनमा निर्माता अनी निर्देशकले साथ दिन चैँ गार्है पर्ला।
वैशाख ६, २०७९ मंगलबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।