पल प्रकरणमा नाबालिगको बाबुले पनि बदले बकपत्र

पल प्रकरणमा नाबालिगको बाबुले पनि बदले बकपत्र

काठमाडौँ : जसको जाहेरीका आधारमा भएको अनुसन्धानका आधारमा अभिनेता पल शाह पुर्पक्षका लागि कारागारमा छन् उनै व्यक्तिले जाहेरी आफैँले दिएको तर पछि बुझ्दा घटना नभएको भन्दै बयान बदलेका छन्।

मङ्गलवार जिल्ला अदालत तनहुँमा भएको बकपत्रका क्रममा नाबालिगका बाबुले आफूले जाहेरी दिएको स्वीकार गरे। उनले प्रारम्भिक बयान पनि अस्वीकार गरेनन्। तर पछि बुझ्दै जाँदा बलात्कार नभएको दाबी गरेका छन्।

उनले जिल्ला अदालत तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिँदै अभिनेता पल शाहले आफ्नी नाबालिग छोरीलाई प्रेम गर्ने र विवाह गर्ने प्रलोभनमा पारेर पटक-पटक बलात्कार गरेको दाबी गर्दै जाहेरी दर्ता गरेका थिए।

उनले बयानमा जाहेरी दिएर पछि बुझ्दै जाँदा बलात्कार नभएको देखिएको दाबी गरेका थिए। उनले बकपत्रमा अरूको उक्साहटमा जाहेरी दिएको बयान दिएका छन्। यस अगाडि नाबालिगले बकपत्रमा प्रारम्भिक बयान बदल्दै आफ्नो बलात्कार नभएको र उक्साहटमा बलात्कार भएको बयान दिएको दाबी गरेकी थिइन्। 

वैशाख ६, २०७९ मंगलबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।