बुटवल उपमहानगरको मेयर र उपमेयर सिफारिस गरेसँगै कांग्रेसभित्र असन्तुष्टि, सिफारिस बदर गर्न माग

बुटवल उपमहानगरको मेयर र उपमेयर सिफारिस गरेसँगै कांग्रेसभित्र असन्तुष्टि, सिफारिस बदर गर्न माग

बुटवल । नेपाली कांग्रेसले बुटवलमा मेयर र उपमेयर सिफारिस गरेसँगै कांग्रेसभित्र असन्तुष्टि बढेको छ। आज नेपाली कांग्रेस बुटवल नगर समितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयरमा खेलराज पाण्डे तथा उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको थियो।

नगर समितिले गरेको सिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरूले एक वक्तव्य जारी गर्दै नगर समितिले गरेको सिफारिस बदर गर्न लुम्बिनी प्रदेश समितिसमक्ष माग गरेका छन्।

 ‘घर-घरमा माईन्युट डुलाएर सर्वसम्मत सिफारिसमा हस्ताक्षर गराएको कुरा आएको त्यो हामीलाई मान्य छैन।’ कांग्रेसका एक क्षेत्रीय पदाधिकारीले बताए। यो निर्णयको विरुद्ध उनीहरूले प्रदेश समिति र जिल्ला समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

उक्त ज्ञापन पत्रमा क्षेत्रीय सभापति हरी लम्साल, प्रदेश २ (क) र (ख) का सभापतिहरू क्रमशः पर्शुराम ढकाल र खड्क वहादुर महत लगायत महेशमान सिंह, जनक कोइराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, चुन्नु प्रसाद पौडेल, रविन्द्र श्रेष्ठ, जित वहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भभट्टराई, नरेश्वर पौडेल, गोकर्ण वन्जाडे, रामेश्वर श्रेष्ठ मुक्ति अधिकारी र जोग वहादुर खत्रीको हस्ताक्षर रहेको असन्तुष्ट पक्षका एक नेता जनक कोइरालाले बताए।

 

 

वैशाख ६, २०७९ मंगलबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।