'आरआरआर'को सफलतापछि जुनियर एनटीआरले लिए हनुमान दीक्षा, २१ दिनसम्म खाली खुट्टा हिँड्ने
एजेन्सीः दक्षिण भारतीय नायक जुनियर एनटीआर 'आरआरआर'का कारण अझै चर्चाको शिखरमै छन्। फिल्म यति सफल भयो कि यसले हालसम्मकै सर्वाधिक कमाउने भारतीय चलचित्रको रेकर्ड तोड्ने आकलन गरिएको छ।
चलचित्रको व्यापक तारिफ र व्यापारपछि जुनियर एनटीआरले हनुमान दीक्षा लिएका छन्।
यसअघि आरआरआरको सफलतापछि नायक रामचरणले पनि सबरीमाला मन्दिरबाट हनुमान दीक्षा लिएका थिए। यही क्रमलाई पछ्याउँदै एनटीआरले पनि अब २१ दिन खाली खुट्टा रहने भएका छन्। उनको एक तस्बिर पनि हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तस्बिरमा उनी सुन्तला रङ्गको कुर्था पायजामा लगाएका, माला र निधारमा टीका लगाएका देखिन्छन्।
वैशाख ६, २०७९ मंगलबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।