४८ मतान्तरले खड्कालाई पराजित गर्दै सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल विजयी

४८ मतान्तरले खड्कालाई पराजित गर्दै सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल विजयी

सुर्खेतः सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्त्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव लक्ष्मण कँडेल विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा कँडेलले ४८ मतान्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गरेका हुन्।

कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले ८६३ मत प्राप्त गरे। यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले ९४१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याए।

वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी हुँदा दीपेन्द्र ढकालले ७८४ मत मात्र ल्याए। उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन्।

यता महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन्।

महिला उपाध्यक्षका उम्मेदवार कृष्णाकुमारी थापाले ८२१, महासचिवका उम्मेदवार रामप्रसाद जैसीले ८६५, उपमहासचिवका उम्मेदवार पूर्णदेव अधिकारीले ८१२, कोषाध्यक्षका उम्मेदवार राजेन्द्रबहादुर शाहीले ७६५ र सहकोषाध्यक्ष पदका उम्मेदवार भीमप्रसाद पौडेलले ८३२ मत ल्याएर पराजित भए।

२०५८ मतदातामध्ये निर्वाचनमा १८२४ मत खसेको थियो।

वैशाख ६, २०७९ मंगलबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।