'द कश्मीर फाइल्स' का निर्देशक विवेक अग्निहोत्रीले अब 'द दिल्ली फाइल्स' बनाउने
एजेन्सीः 'द कश्मीर फाइल्स' चलचित्र बनाएर एकाएक चर्चामा आएका निर्देशक हुन्- विवेक अग्निहोत्री। कश्मीरमा हिन्दू पण्डितहरूमाथि भएको दुर्व्यवहारको विषयलाई चलचित्रको कथामा ढालेका विवेकले अब अर्को चलचित्र बनाउने घोषणा गरेका छन्।
चलचित्रको नाम राखिएको छ- 'द दिल्ली फाइल्स'। उनले ट्वीटरमार्फत आफूले नयाँ चलचित्र बनाउने भएको बताएका हुन्।
ट्वीटरमा उनले कश्मीरी हिन्दूहरूमाथि भएको ज्यादती र नरसंहारबारे मानिसहरूलाई थाहा दिनुपर्ने बताउँदै अब नयाँ चलचित्रमा काम गर्नुपर्ने बेला भएको लेखेका छन्।
'द दिल्ली फाइल्स' बनाउने घोषणा गरे पनि कस्तो विषय समेट्ने, कहिलेको विषय समेट्ने भन्नेबारे निर्देशकले खुलाएका छैनन्। तर नामअनुसार भने उनले पुनः एउटा समुदायमाथि भएको ज्यादतीकै विषयलाई उठाउने देखिन्छ।
वैशाख ५, २०७९ सोमबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।