अमृता मृत्यु प्रकरणः चार बुँदे सहमतिपछि शवको पोष्टमार्टम
बुटवल : तिलोत्तमा २ जानकीनगरकी अृमता खत्री टण्डनको शव ५ दिन पछि पोष्टमार्टम गरिएको छ। ३० गते राती परिवारकै योजनामा अमृताको हत्या भएको भन्दै माइती पक्षले शवलाई पोष्टमार्टम गर्न दिएका थिएनन्। माइती पक्षले फोरेन्सी ल्याव एक्स्पटको रोहवरमा पोष्टमार्टन गर्नुपर्ने अडान राख्दै आएको थिया। माइती पक्ष र सरकारी अधिकारीबीच सहमति भएपछि आइतबार उनको पोष्टमार्टम गरिएको हो।
पोष्टमार्टमपछि सम्पूर्ण नमुना तथा रिपोर्टको फोरेन्सी ल्याव एक्स्पटको रोहबरमा पीडित पक्षले चाहेको हस्पिटलमा अध्ययन गर्ने तथा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाबारे छानबिन गर्ने गरी सहमति भएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख र अमृताका माइती पक्षबीच भएको ४ बुँदे सहमतिपछि शव पोष्टमार्टम गर्नका लागि तयार भएको मृतक अमृताका दाजु पुष्पक खत्रीलेले बताए।
चार बुँदे सहमति अनुसार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीमाथि पनि अनुसन्धान हुने भएको छ। माइती पक्षले डिएसपी केसीले मुद्दा दर्ता गर्नका लागि गरेको ढिलासुस्ती र गतिविधि संकास्पद लागेको भन्दै सीआईबीबाट नै अनुसन्धान हुनु पर्ने माग राख्दै आन्दोलन गरेका थिए।
माइती पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी शवको पोष्टमार्टम गर्न सहमति भए पनि अमृताको परिवारबाटै हत्या भएको आरोप लगाएका छन्। घटनाको सत्य–तथ्य छानबिन गरी दोषीमाथि कारबाही नहुँदासम्म आफूहरूले शान्तिपूर्ण आन्दोलनलाई जारी राख्ने अमृताका दाजु पुष्पक खत्रीले बताए।
वैशाख ४, २०७९ आइतबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।