स्याङ्जामा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ गम्भीर घाइते

स्याङ्जामा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ गम्भीर घाइते

पोखरा : स्याङ्जामा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। वालिङ नगरपालिकाको सिर्सेकोटबाट बाँयटारी बजारतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिको फिरफिरेमा दुर्घटना भएको हो। 

दुर्घटना घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख, उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार वालिङ्– १२ डाँडाखर्कका ६५ वर्षीय बीरबहादुर डाला, ४५ वर्षीया हिरा डाला, २५ वर्षीया सर्मिला सारु, उनका अन्दाजी ७ महिने छोरा र वालिङ १४ का ६१ वर्षीय कुलबहादुर कनौजेको दुर्घटनामा मृत्यु भएको छ। 

दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उपचारका लागि तत्कालै उद्धार गरी ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याइएको थियो। तर, गम्भीर घाइते भएकाहरूको उपचार सम्भव नभएकाले थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ। 

११ जना यात्रु सवार जिप सडकबाट झण्डै एक सय मिटर तल खसेर चिलाउनेको रुखमा अड्किएको  थियो। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

वैशाख ४, २०७९ आइतबार १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।