पोखराका महिला उद्यमी भन्छनः ‘सरकारको कमजोरीले व्यवसायमा सकस’    

पोखराका महिला उद्यमी भन्छनः ‘सरकारको कमजोरीले व्यवसायमा सकस’    

पोखरा : पोखराका महिला उद्यमीहरुले राज्यले ब्यवसायी तथा उद्योगमैत्री वातारण बनाउन नसकेको बताएका छन। शुक्रबार पोखरामा न्युविजनेश एज र पोखरा उद्योग बाणिज्य संघले संयुक्तरुपमा आयोजना गरेको ‘वितिय साक्षरता तथा महिला उद्यमशिलता’ कार्यक्रममा सहभागी उद्यमी महिलाहरुले उद्यमशितलाका लागि आवश्यक नीति निर्माण,प्रविधिको प्रयोग, बैकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच र बजार प्रर्बद्धन लगायतमा राज्यको तर्फबाट पर्याप्त सहयोग नपाएको गूनासो गरेका हुन्।

कार्यक्रममा महिला उद्यमी गिता लामिछानेले राज्यको नीति र कार्यक्रम उस्साहित गर्ने खालको भएपनि वास्तविक उद्यमी महिलाहरुले राज्यको प्रक्रिया पूरा गरेर सहयोग पाउन नसकेको बताइन। उनले भनिन,  ‘राज्यले महिला उद्यमीलाइ प्रोत्साहन गर्न विभिन्न कार्यकार्यक्रम ल्याएको छ। तर, ति कार्यक्रम पर्याप्त छैनन । ल्याइएका नीति तथा कार्यक्रममा पनि उद्यमी महिलाहरुको पहुच पुगेको छैन। 

महिला उद्यमीलाइ यस्ता नीति कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकेको छैनन। राज्यले लक्षित बर्गसम्म सहयोग पुग्ने गरी नीति निर्माण गर्न जरुरी छ।’ उनले राज्यले महिलालाई उद्योग ब्यवसायमा आकर्षित गर्ने खालका कार्यक्रमहरु नल्याएको बताइन। उनले भनिन, ‘राज्यले महिलालाइ उद्यम ब्यवसायमा आकर्षित गर्नका थप नीति कार्यक्रम ल्याउन आवस्यक छ। 

महिलालाइ उद्यमी बनाएर स्वावलम्भि बनाउन राज्यने नीति निर्माणसँगै आर्थिक र प्रविधिक सहयोग गर्न आवस्यक छ।’ लामिछानेले राज्यले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको भएपनि सहजरुपमा नपाएको गूनासो गरिनन्। उनले भनिन, ‘राज्यले महिला उद्यामीका लागि सहुलतपूर्ण कर्जा, व्यवसायीक  पूर्नउथ्थान कर्जाहरुको ब्यवस्था गरेको छ। तर, यसमा महिला उद्यमीको सहज पहुँच छैन। विभिन्न समस्याले कर्जा पाउने अवस्था छैन। राज्यले यसलाई सहज बनाउन आवस्यक छ।’

राज्य महिलालाइ उद्यमशीलताका लागि विभिन्न अनुदार र सहुलत ब्याजदरमा कर्जा दिने बताएपनि अहिले बैंकहरुमा कर्जा पाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। त्यसैगरी अर्का महिला उद्यमी रजनी कोइरालाले मुलूकमा उद्योग व्यवसायमैत्री वतावरण नभएको बताइन। उनले राज्यका तर्फबाट महिला उद्यमीहरुले आवश्यक पर्ने ज्ञान,सीप र प्रविधि लगायतका वारेमा आवस्यक असहयोग नपाएको गूनासो गरिन। उनले भनिन, ‘हामी महिला उद्यमीहरुले राज्यबाट उद्यम ब्यवसायका लागि आवश्यक पर्ने ज्ञान,सीप, प्रविधि लगायतका सहयोग पाउन सकेका छैनौं। 

उद्योग संचालन गर्नका लागि आवश्यक कच्चा पदार्थ सहजरुपमा पाउन सक्ने अवस्था छैन। स्थानीयस्तरबाट कच्चा पर्दाको खरिद गर्दा लागत बढ्छ। बजारमा प्रतिस्पर्धा गरेर उत्पादीत बस्तु बेच्न सक्ने अवस्था छैन। छिमेकी राष्ट्र भारत र चीन पुगेर कच्च पदार्थ ल्याउन सक्ने अवस्थामा महिला उद्यामी छैन। त्यहाँसम्म पुग्नका लागि उनीहरुको ज्ञान र पहुच छैन। यसमा राज्यबाट सहजीकरण गरिदीने वातावरण समेत छैन।’ महिला उद्यमीहरुले जेन तेन उत्पादन गरेका विभिन्न बस्तुहरुको समेत नि¥र्यात गर्न सरकारबाट आवस्यक सहयोग नपाएको उनको भनाइ छ। उनले भनिन, ‘उद्योगका लागि सहज र सरलरुपमा कच्चा पदार्थ पाउँने ठाउँसम्म महिला उद्यमीहरुको पहुँच चैन्। 

स्थानीय स्तरबाट खरिद गरेको कच्चपदार्थले उत्पादन लागत महंगो पर्छ। बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन। यस्तै अवस्थाका कारण मैले विगतमा उत्पादन गर्दै आएका केही उत्पादन नै बन्द गर्न बाध्य भएँ। राज्यबाट आर्थिक तथा प्राविधिक सहयोग समेत नपाउँदा समस्या भएको छ।’विदेशी बस्तुसँग स्थानीय स्तरमा उत्पादीत  वस्तुहरुले प्रतिस्पर्धा गर्न गह्रो रहेको र स्वदेशमा उत्पादिन सामाग्रीलाई निर्यातका लागि समेत राज्यले सहजिकरण गरिदिनु पर्ने उनको भनाइ छ। 

अर्का उद्यमी बसन्त श्रेष्ठले महिला लक्षित उद्यमशीलता सम्बन्धी कार्यक्रमहरुले महिला उद्यमीको क्षमता अभिबृद्धीमा सकारात्मक प्रभाव पर्ने भएकाले राज्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने बताइन। उनले आफू तनहुँको महिला उद्यमी रहेको बताउँदै महिलालाई उद्यमशीलता गर्न उत्प्रेरण दिन यस्ता खालका कार्यक्रम तनहुँमा गर्न समेत आग्रह गरिन। उनले सरकारले महिला उद्यमीका लागि सहुलियत पूर्ण कर्जाको ब्यवस्था गरेपनि सहजरुपमा पाउन सक्ने वातावरण नभएको बताइन।

उनले भनिन, ‘सरकारले महिला उद्यमीका लागि सहुलियत ऋण कर्जा दिने ब्यवस्था गरेपनि पहुँच नभएका महिलाले सहजरुपमा पाउने अवस्था छैन। कोभिडले थलिएका उद्यमी व्यवसायीलाई ब्यवसायी जीवन कर्जा सस्तो बियाजमा दिने भनेपनि पाउँने अवस्था छैन।’ 

मुक्तिनाथ बिकास बैकमा क्षेत्रीय प्रबन्धक शंकर केसीले आर्थिक तरलताका कारण ऋण प्रबाहमा समस्या भएको बताए। उनले बैँकहरुमा नियमित हुने निक्षेप घटेकाले व्यवसायीलाई ऋण दिन समस्या भएको बताए। बैकहरुमा निक्षेप बृद्धी हुन थालेपनि सवै किसिमका ऋण प्रबाह सहज हुने उनको भनाइ छ।

महिला उद्यमी महासंघ नेपालका उपाध्यक्ष एवं स्रोत ब्याक्ति बासन्ति प्रधानले महिलाले सफल उद्यमीको परिचय स्थापित गर्न आफूसँगै समाज रुपान्तरण गर्न सकेमात्र सार्थक हुने बताइन। उनले भनिन, ‘महिला उद्यमी सफल व्यक्तित्वका रुपमा स्थापित हुन व्यवसायसँगै समाज रुपान्तरणमा योगदान गरेको हुनुपर्छ  समाज रुपान्तरणमा योगदान नभई आफूमात्र सफल भएर सफल उद्यमीका रुपमा चित्रित भइदैन। सफल उद्यमीबन्न समाज रुपान्तरणसंगै आफू सफल बन्नुहोस।’

उनले व्यवसायमा सफल बन्नका लागि ग्राहकको रुची अनुसारको उत्पादन,बजार अनुकुलको मुल्य, उच्च गुणस्तर लगायतमा उद्यमीले बिषेश ध्यान दिनु पर्ने बताइन। उपाध्यक्ष प्रधानले आफु उत्पादन गरका सामाग्रीहरुका वारेमा ग्राहकलाइ छोटो प्रक्रियाबाट आकर्षक बनाउने विभिन्न सामग्रीको प्रयोगबाट ध्यान खिच्न सकिने समेत उल्लेख गरिन। 

उनले ब्यसायमा सफलता हासिल गर्नका लागि उच्च गुणस्तर,बजार मुल्य,आकर्षक प्याकिङ, डेलिभरी सेवा, बजारको आवश्यकता अनुसारको प्रचारप्रसार लगायतका वारेमा ध्यान दिन सहभागीलाई प्रशिक्षित गराएकी थिइन। पछिल्लो समय बढ्दो प्रविधिलाई पच्छ्याएर डिजिटल प्रविधिको प्रयोग मार्फत पनि उत्पादन सामाग्रीको बिक्री बढाउन सकिने बताइन। 

न्यूविजनेश एजका अध्यक्ष मदन लम्सालले नेपालमा व्वसायीक क्षेत्रलाइ सफल बनाउन र बिषेश गरी महिला उद्यमीका उत्पादनलाई प्रर्वधन गर्ने खालका कार्यक्रमलाई सहयोग पुर्याउने उदेश्यले  विभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले नेपालको व्यवसायीक इतिहासमा महिला उद्यमशीलता साठी सत्तरी बर्षमात्र भएकाले यसको थप प्रर्वद्धनका लागि संस्थाले विभिन्न खालका उद्यमशीतलाई प्रर्वद्धन गर्ने खालका कार्यक्रम संचालन गर्दै आएको बताए।

अध्यक्ष लम्सालले महिला उद्यमीहरुलाई एउटा मात्र ब्यवसायमा केन्द्रीत नभई व्यवसायीक सफलताका लागि विभिन्न क्षेत्रका विज्ञसँग परामर्श गरेर थोरै भएपनि लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिने बताए। उनले भने, ‘महिला उद्यमीहरुले समयसँगै प्रविधिको विकासलाइ पच्छ्याउँदै आम्दानी गर्ने विभिन्न क्षेत्रमा विज्ञसँग राम्रोसँग ज्ञान हिसिल गरेर उच्च मुनाफा हुने क्षेत्रमा लगानी गर्न सक्नु हुन्छ। अहिले आफ्नो उद्यमसंगै सेयर बजार, म्युचुअल फण्ड, इन्सुरेन्स लगायत विभिन्न क्षेत्रहरुमा पनि विज्ञसँग तालिम लिएर सानो लगानी गर्न सक्नु हुन्छ। यसले तपाइको ब्यवसायी सफलतासंगै थप आर्थिक पक्षलाई बलियो बनाउँन सक्छ।’ 

अध्यक्ष लम्सालले उद्यमी महिलाका लागि उद्योग व्यवसाय संचालनका लागि आवश्यक पर्ने ज्ञान,सिप लगायत विभिन्न खालका समस्या रहेको बताउँदै बढ्दो प्रविधिको प्रयोगबाट आवश्यक ज्ञान हासिल गरेर अगाडी बढ्न सुझाए। उनले भने, व्यवसायीक सफलताका लागि हामीलाई आवश्यक ज्ञानको आवस्यकता छ ।संसारमा प्रतिधिको विकास भएपनि हामी पछाडी छौं ।सफलताका लागि मेहनतसंगै प्रविधिको प्रयोग गरेर अगाडी बढ्न आवश्यक छ । पूँजीसँगै बजार र प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक छ।’

कार्यक्रमका प्रमुख अतिथि युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सरकारले सानो लगानी मार्फत रोजगारी श्रृजना गर्ने अभियान थालेको बताए। उनले सानो लगानीमा उद्यम व्यवसाय गर्ने युवा तथा महिलाहरुलाई प्रोत्साहन गर्दै आर्थिक समृद्ध बताउनका लागि सरकारले सरल ब्याजदरमा ऋण कर्जा प्रदान गर्दै आएको बताए। 

निर्देशक अधिकारीले युवा स्वरोजगार कार्यक्रम समाजवादी कार्यक्रम भएको बताउँदै यसमा सर्वसाधारण जनताको पहुँचमा पुर्याउने बताए। उनले यस कार्यक्रम अन्तरगत १२ हजार युवायुवतीलाई स्वरोजगार बनाउने सरकारले योजना रहेको बताए। यस कार्यक्रम अन्तरगत युवालाइ दुइदेखि १५ लाखसम्मको ऋण प्रदान गरेर स्वारोजगार बनाउने रहेको उनले बताए।

निर्देशक अधिकारीले नेपाल समावेशीताका हिसाबले विश्वकै अग्रणी देश भएपनि उद्यमशीलताका क्षेत्रमा महिला निकै पछाडी परेको बताए। उनले भने ,‘समाजेशीताका हिसाबले नेपाल विश्वकै अग्रणी देशमा पर्छ । तर,नेपालमा महिलाहरुको उपस्थित उद्यामशीलताका क्षेत्रमा कमजोर छ। उद्यमशिलतामा लाग्ने महिलाको संख्या बढाउन राज्यले पनि विषेश ध्यान दिनु आवश्यक छ ।’ उनले राज्यको उच्च तहमा रहेको ब्यूरोक्यारेट र नीति निर्माण तहमा रहेकाहरुले समेत उचित भूमिका निर्बाह गर्न नसक्दा देशमा समस्या बढेको बताए।

राज्यको उच्च ओहोदामा बस्नेले विषेश अध्यायन विनानै पोलिसी बनाउने र बनाइएका पोलिसीहरुको समेत कार्यान्वयन पक्ष कमजोर भएकाले समस्या देखिएको निर्देशक अधिकारीको भनाइ छ। उनले गलत पोलिसी र कार्यान्वयन पक्ष कमजोर रहेकाले विभिन्न क्षेत्रका उत्पादीत बस्तुहरुमा उत्पादक भन्दा बिचौलिया हाबी भएको बताए। 

निर्देशक अधिकारीले व्यवसायीक र कर्पोरेट क्षेत्रले गरेको योगदानका कारण देश चलिरहेको बताए। उनले भने, ‘देशमा ब्यवसायीक र कर्पोरेट क्षेत्रको योगदान महत्वपूर्ण छ। यिनीहरुकै योगदानले देशलाइ ठूलो टेवा पुगेको छ। कुनै पनि योजना कार्यान्वयनका चरणमा ब्युरोक्यारेटले फाइदा मात्र हेर्दा समस्या भएको छ।

पोलिसीको कार्यान्वयन गर्ने ठाउँमा रहेका ब्युरोक्यारेट र नीति निर्माण तहमा रहेका राजनीतिज्ञलाई आर्थिक साक्षरताका बारेमा आवस्यक ज्ञान नहुदा समस्या भएको छ। उच्च तहमा भएकालाई पनि यस्ता आर्थिक साक्षरता सम्वन्धित कार्यक्रममा सहभागी गराउँदा केही परिवर्तन आउन सक्छ।’ 

अहिले देश आर्थिक तरलतामा गुज्रीएकाले सरकार, बैंकर र नागरिक समेत सम्वेदनशिलत बन्नु पर्ने निर्देशक अधिकारीको भनाइ छ। उनी भन्छन, ‘अहिले देशमा आर्थिक तरलता देखिएको छ। यस्तो अवस्थामा बैक तथा बित्तिय संस्थाहरुले ब्याज बढाएर फाइदामात्र लिन खोज्नु हुदैन। अहिले त सवै मिलेर एकले अर्कालाई सहयोग गर्नु पर्छ। बैँक अहिलेकै ब्याज कायम गर्दा घाटानै हुने होइन। अखिर नाफा नै कम हुने हो। विषेश अवस्थामा नाफा थोरै लिएर पनि योगदान गर्नु पर्छ। त्यस्तै जनताले पनि जीवन स्तरमा परिवर्तन ल्याउन आवश्यक छ। आम नागरिकले अहिलेको अवस्थामा विदेशी बस्तुको प्रयोग रोकेर स्वादेशमा उत्पाादीत बस्तुको प्रयोग गर्नु पर्छ ।’

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले संघले व्यवसायीक विभिन्न समस्यामा सहयोग गर्दै आएको बताए। उनले ब्यवसायीलाई आवस्यक पर्ने विभिन्न तालिमहरु संचालन गर्दै आएको बताए। उनले भने, ‘हामीले व्यवसायीलाई आवस्यक पर्ने विभिन्न खालका तालिम संचालन गर्दै आएका छौं। ब्यवसायीसंग निरन्तर सहकार्य गर्दै अगाडी बढ्दै आएका छौ।’

अध्यक्ष कोइरालाले सरकारलाइ ट्रेड विजनेश र उद्योगलाई फरक–फरक कर लगाउन आग्रह गरे। उनले देशमा अहिले आर्थिक तरलता देखिएकाले बैंक तथा बित्तिय संस्थामार्फत मात्र आर्थिक कारोवार गर्न व्यवसायीलाई आग्रह गरे। अध्यक्ष कोइरालाले सरकारले स्वदेशमा उत्पादित विभिन्न बस्तुहरलाई निर्यात गर्ने वातावरण निर्माण आग्रह समेत गरे । 
 

वैशाख २, २०७९ शुक्रबार २२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।