'झ्यालमा बस्ने त्यही केटी मलाई चाहियो' भन्दै सकियो सिन्दूर जात्रा

'झ्यालमा बस्ने त्यही केटी मलाई चाहियो' भन्दै सकियो सिन्दूर जात्रा

भक्तपुर : 'झ्यालय् च्वंगु तुकंमा, वहे ल्यासे जितः मा'  अर्थात् झ्यालमा बस्ने त्यही केटी मलाई चाहियो। यही गीत गाउँदै भक्तपुरको बोडेमा यही गीत गाउँदै सिन्दूर जात्रा मनाइयो।

भक्तपुरको लोकप्रिय बिस्केट जात्रामा वैशाख २ गते सिन्दूर जात्रा मनाइने गरिन्छ। बिस्केट जात्रामा लिङ्गो ढडाएर सुरु हुन्छ र वैशाख १ मा ढालिन्छ। त्यसको दोस्रो दिन वैशाख २ गते जिब्रो छेड्ने परम्परासँगै सिन्दूर जात्रा गरिन्छ।

यसमा बाजागाजा सहित एक आपसमा सिन्दूर दलेर रमाइलो गरिन्छ। यही अवसरमा जात्रामा सहभागीहरूले 'झ्यालय् च्वंगु तुकंमा, वहे ल्यासे जित : मा'भन्दै गीत गाउँछन्।

वैशाख २, २०७९ शुक्रबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।