प्रदेश पूर्वाधार विकास प्राधिकरण लु्म्बिनीको प्रमुखमा पोखरेल नियुक्त

प्रदेश पूर्वाधार विकास प्राधिकरण लु्म्बिनीको प्रमुखमा पोखरेल नियुक्त

बुटवल : प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनीको प्रमुखमा छविराज पोखरेल नियुक्त भएका छन्। यस अघिका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि उनको स्थानमा पोखरेललाई सरकारले नियुक्त गरेको हो। नियुक्त भएका पोखरेललाई लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ ग्रहण समेत गराएका छन्।

प्युठानका पोखरेलले यस अघि जल विद्युत् लगानी तथा विकास कम्पनीमा ४ वर्ष काम गरेका थिए। त्यस्तै उनले प्रधानमन्त्री कार्यालय अन्तर्गत गरिबी निवारण कोषमा उप-कार्यकारी निर्देशक भएर ४ वर्ष काम गरेका थिए। शपथ ग्रहण लगत्तै उनी दाङ स्थित कार्यालयमा पदभार ग्रहण गर्नेछन्। 
 

वैशाख २, २०७९ शुक्रबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।