ए मेरो हजुर हेरेर दर्शक रोलान् कि रुवाउलान् !
काठमाडौँ : ए मेरो हजुर-४ को प्रिमियरमा सहभागी अभिनेत्री केकी अधिकारीले फिल्म हेरिसकेपछि प्रतिक्रिया दिइन्' म कैयौ ठाउँमा रोए।'
हालै एमालेमा प्रवेश गरेकी अभिनेत्री करिष्मा मानन्धरको प्रतिक्रिया पनि उस्तै आयो। उनले पनि फिल्म हेर्दा रोएको प्रतिक्रिया दिइन्।
अभिनेता सरोज खनालले त अनमोल केसीको अभिनय हेरेपछि आफू अचम्मित भएको दाबी गरे। उनले, अनमोलले अभिनयमा ल्याएको निखारताले दर्शकलाई सर्प्राइज दिने प्रतिक्रिया दिए।
स्वस्तिमा खड्काको प्रतिक्रिया थियो'फिल्मले बाँधेर राख्न सफल भएको छ।'
तर फिल्मको प्रिमियरमा सहभागी अधिकांशले दोस्रो हाफ ठिकठिकै भए पनि पहिलो हाफ स्लो भएको, कथावस्तु छरिएको प्रतिक्रिया दिए। पुरानो फिल्मको अभिनयको तुलनामा अनमोलको अभिनयमा सुधार देखिएको प्रिमियरमा सहभागीको प्रतिक्रिया थियो।
फिल्मको प्रचारका लागि अन्तिम समयमा राखिएको जिबबको गीत हेरेर उनका फ्यानहरू खुसी हुने सम्भावना कम छ।
बैशाख १ बाट फिल्म रिलिज भएको छ। भारतीय फिल्म समेत ब्याक भएको बेलामा निर्माण टिमले दक्षिण भारतीय फिल्म केजिएफ-२ सँगै रिलिज गर्ने आँट गरेका छन्।
कलाकार त प्रिमियरमा फिल्म हेरेर रोए। अब दर्शक हलमा आएर फिल्म हेरेर निर्मातालाई हँसाउने हो या रुवाउने हो !
वैशाख १, २०७९ बिहीबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।