काठमाडौं उपत्यकामा वर्षा, देशका अन्य स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा वर्षा, देशका अन्य स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः वर्षको पहिलो दिन आज काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। यसअघि छिटपुट वर्षा भए पनि आज वर्षा अत्यधिक मात्रामा भइरहेको छ।

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। यसैकारण उपत्यकामा अहिले वर्षा भएको हो।

यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागको एक-दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख १, २०७९ बिहीबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।