एक सय ५० मिटर तल खस्दा तीन प्नहरीको मृत्यु

एक सय ५० मिटर तल खस्दा तीन प्नहरीको मृत्यु

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट १ नम्बर प्रदेश  प्रहरी कार्यालय बिराटनगर जाँदै गरेको बा.१७ च १०९४ नम्बरको बोलेरो गाडी सडकबाट १ सय ५० मिटर तल खस्दा तीन जना प्रहरीको मृत्यु भएको छ।

बुधवार बिहान ओखलढुङ्गा, मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बलेरो खसेको थियो। बलेरोमा सात जना प्रहरी चढेका थिए।

दुर्घटनामा ३ जना प्रहरी कर्मचारीको मृत्यु  भयो। चार जना प्रहरी र बलेरो चालक घाइते भए। दुर्घटनामा प्रहरी हवलदार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी जवान रूपन विष्टको नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भयो।

दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकालसहित ४ जना प्रहरी कर्मचारी र बोलेरो चालकलाई हेलिकप्टरबाट नेपाल प्रहरी अस्पताल काठमाडौँमा ल्याएर उपचार भइरहेको छ प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

चैत ३०, २०७८ बुधबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।