कास्कीको रुपामा एमालेका तर्फबाट अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ सिफारिस
पोखरा : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कास्कीको रुपा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले पुरानैलाई उम्मेदवार दोहोराउने भएको छ।
मंगलबार बसेको रुपा गाउँपालिका कमिटीको बैठकले वर्तमान अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुंगलाई पुनः उम्मेदवार बनाउने भएको हो।
बैठकले ओझा र गुरुङलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरी जिल्ला कमिटीमा नाम सिफारिस गरेको हो। २०७४ को चुनावमा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङ विजयी भएका थिए।
गत निर्वाचनमा ओझाले ४ हजार २०५ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशमोहन खनालले ३ हजार ३०५ मत पाएका थिए।
उपाध्यक्ष गुरुङले ४ हजार १३ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार गिकुमारी गुरुङले ३ हजार ४ सय ५६ मत ल्याएकी थिइन्।
चैत २९, २०७८ मंगलबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।