एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा मिश्र र उपमेयरमा ढकाललाई उम्मेदवार बनाउने
बुटवल : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। ३० बैशाखमा हुने स्थानिय तहको निर्वाचनमा एमालेले मेयर र उपमेयर पदका लागि सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको हो। नगर प्रमुखमा पशुपती दयाल मिश्र र उपप्रमुखमा शान्ती ढकालको नाम टुंगिएको हो। यद्यपी एमाले नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष दत्तप्रसाद आचार्यले भने यसमा असन्तुष्ट जनाउँदै निर्णय उल्टन सक्ने बताएका छन्।
उनले बैठकले निर्णय नगरी उम्मेदवारी सार्वजनिक गरिएको भन्दै असहमती प्रकट गरेका छन्। बाँकेमा एमाले जिल्ला ईन्चार्ज सुर्य ढकालले मिश्र र ढकालको नाम सर्वसहमत टुंगिएको जानकारी दिए। मधेश आन्दोलनबाट उदाएका मिश्र गत मंसिरमा एमाले प्रवेश गरेका थिए।
उनी हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीितक समूहमा थिए। मिश्र एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका छन्। उपमेयरमा सिफारिस ढकाल पनि एमालेको केन्द्रीय सदस्य हुन।
चैत २९, २०७८ मंगलबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।