अभिनेता अनुपको टिम भयो विजेता : दियासँगको दुस्मनी सकियो कि बढ्ला !
काठमाडौँ : हिमालयन रोडिजमा सहभागीले देखाउने साहससँगै ग्याङ लिडरको सम्बन्ध र दुस्मनी पनि उत्तिकै रोचक हुन्छ। झन् त्यसमा दिया मास्के र अनुपविक्रम शाहीको दुस्मनीको त लेबलै बेग्लै।
हरेक सिजनमा चल्ने नोकझोक सिजन-४ मा पनि उस्तै रह्यो। घटेन उल्टो बढ्यो। दियाले यसरी दुस्मनी निभाइन् कि अनुप टिम बिचैमा एक जनामा पुगेको थियो। वाइल्ड कार्डले अनुपलाई थप सदस्य दियो। त्यही थपिएको नसिब तामाङ सिजन-४ को विजेता बने।
दियाको टिमको रोशनले पनि अन्तिमसम्म टक्कर दिइरहे। सेमिफाइनलकै नतिजामा लेखेको थिए फाइनलमा बल हाबी भए नसिब अनि बुद्धि हाबी भए रोशन हो विजेता भनेर। फाइनल टाक्समा बल नै हाबी भयो।
बन्जी हानेर यामाहा कार्ड कलेक्ट गर्ने, पुलमा मुढा र ढुङ्गा बोक्ने, दाउरा बाँधेर कच्ची गोरेटोमा बाइक हाँक्ने, स्क्रोल हान्दै सलाई भएको बाकस ल्याएर आगो बाल्ने। बबालै गाह्रो थियो टाक्स।
टाक्समा लाउरेले दुवै टिमलाई उत्तिकै साथ दिए। तर उनको सहकार्य र अनुपको रेड टिमसँग थियो। अनुपसँगको धर्म पनि निभाए। अन्तिमसम्म साथ दिइरहे।
रोशनले २३ मिनेटमा टाक्स सक्काए। एक मिनेट चाँडो टाक्स सक्काएर नसिब भए विजेता। नसिब विजेता घोषित भएपछि केही समय बोल्नै सकेनन् रोशन। लकले साथ दिने रोशनले फाइनलमा साथ पाएनन्। बाइकको अब्स्ट्याकल पार गर्न उनले अलि ढिला गरेका थिए। त्यसैले नतिजा नसिबको पोल्टामा पारिदियो।
विजेता भएसँगै उनले १० लाख नगद र यामाहा बाइक जिते। फस्ट रनर अप भएका रोशन पनि खाली हात भएनन्। २ लाख पुरस्कार पाए।
चैत २९, २०७८ मंगलबार ०१:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।